मुख्य समाचार समाचार

२६४ जना नेपाली बोकेर जापान उड्दै नेपाल एयरलाइन्सको चार्टर्ड विमान

सुनकोशी न्यूज, २०७७ जेष्ठ १३ गते, मंगलबार,
काठमाण्डौं । कोरोना संक्रमण फैलिएपछि जारी लकडाउनका कारण नेपालमै अड्किएका दुई जापानीसहित २६४ प्रवासी नेपालीहरुलाई लिएर नेपाल एयरलाइन्सको चार्टर्ड विमान जपानको क्युसुको फुकुओकातर्फ उड्ने भएको छ ।

उनीहरु जापानमा विद्यार्थी र कामदार भिसामा कार्यरत रहेका बेला बिदामा नेपाल आएका थिए । नेपालमा लकडाउन भएपछि यतै रोकिएकाहरुलाई सरकारको अनुमतिपछि मार्गिक ट्राभल्स एण्ड टुर्स र रेसेन्ट एण्ड रिदम ट्राभल्स एण्ड टुर्सले चार्टर्ड फ्लाईटको व्यवस्थापन गरेको हुन् । मार्गिक ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक पर्शु बस्नेतका अनुसार २ जना जापानिजसहित २६६ यात्रु लिएर नेपाल एयरलाइन्स मंगलबार राति ११ बजे पहिलोपटक जापानको क्युसुको फुकुओका उडन लागेको हो ।

यता रोकिनुपर्दा धेरै विधार्थीको पढाइ तथा काम छुटेको अवस्था छ भने कतिको भिसा अवधिसमेत सकिएको अवस्था थियो । यस्तोमा आफूहरुले व्यापारिक उद्देश्यमात्र नहेरेर सेवाको उद्देश्यले चार्टड उडानको व्यवस्थापन गरेको बताए ।

प्रबन्ध निर्देशक बस्नेतका अनुसार, २४ तारिखको टोकियो उडान सफलतापूर्वक सम्पन्न भएसँगै आज फुकुओकाको उडानका लागि कम्पनी थप उत्साहित बनेको छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १३, २०७७