समाचार हेडलाईन न्युज

बालुवाटारमा जारी सर्वदलीय बैठक सकियो, संविधान संसोधनको विषय केन्द्रीय समितिले टुंगो लगाउने कांग्रेसको भनाई

सुनकोशी न्यूज, २०७७ जेष्ठ १३ गते, मंगलबार,
काठमाण्डौं । बालुवाटारमा जारी सर्वदलीय बैठक सकिएको छ । संविधान संसोधनको विषय कांग्रेसले केन्द्रीय समितिको बैठकबाट निर्णय गर्ने कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बताए ।

संविधान संसोधनको विषयमा सबैको एकमत बनाउन विभिन्न संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग प्रधानमन्त्रीले आज छलफल गरेका हन् ।समाजवादी पार्टीले भने आफूले विगतमा उठाउदै आएको विषय पनि सविधान संसोधको विषय बनाइनुपर्ने बताएको परराष्ट्र मन्त्री प्रदिप ज्ञावलीले बताए ।

सरकारले जारी गरेको नयाँ नक्सा निसान छापमा प्रकासन गर्ने विषय लगायत कुरा मिलाउन सरकारले संविधान संसोधनको विषय सदनमा पेस गर्न लागेको छ । सोही विषयमा सहमति जुटाउन सरकारले सर्वदलीय बैठकको आयोजना गरेको हो ।

प्रस्तुत विषयमा सत्तापक्ष र प्रतिपक्ष दलबीच झिनामसिना विषयबाहेक सहमति हुने अवस्था देखिन्छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १३, २०७७