समाचार हेडलाईन न्युज

हावाहुरीका कारण ढलेको रुखले थिचेर मकवानपुरको राक्सिराङमा २ जनाको मृत्यु

सुनकोशी न्यूज, २०७७ जेष्ठ १३ गते, मंगलबार,
मकवानपुर । मंगलवार आएको हावाहुरीको कारण मकवानपुरको राक्सिराङ गाउँपालिकामा रुखले थिचेर २ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन् ।

उनका अनुसार मृत्यु हुनेमा राक्सिराङ् गाउँपालिका वडा नम्वर ५ का ५० बर्षकी बीरमाया प्रजा र वडा नम्वर ३ को बर्ष ६ का आयुस मगर रहेका छन् । मृतक प्रजाको घटनास्थलमै मृत्यु भएको हो भने मगरको उपचारको लागि भरतपुर अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको अध्यक्ष मल्लले जानकारी दिए ।

त्यसैगरी हावाहुरीकै कारण सरिखेतका २ जना घाइते भएको उनले बताए ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १३, २०७७