शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

पाटन अस्पतालमा कोरोनापीडितको हड्डीको अपरेशन

सुनकोशी न्युज, २०७७ ज्येष्ठ ११ गते सोमबार,
काठमाण्डौं । कोभिड संक्रमित एक व्यक्तिको खुट्टाको शल्यक्रिया गरिएको छ । पाटन अस्पतालमा सोमबार उनको खुट्टाको अप्रेसन गरिएको हो ।

अस्पतालका सह प्राडा विमल पाण्डेले नेपालमा पहिलोपटक कोभिड संक्रमित बिरामीको शल्यक्रिया गरिएको बताए । उनले भने, ‘हामीले पीपीई लगाएर शल्यक्रिया गरेका थियौं,’ बिरामीको अवस्था सामान्य छ ।शल्यक्रियाको टिममा डा. पाण्डेसँग प्राडा सुमन श्रेष्ठ र सह प्राडा तोया भट्ट रहेका थिए ।

सर्लाही जमुनिया स्थायी घर भएका ती बिरामी एक हप्ताअघि सडक दुर्घटनामा परेर घाइते भएका थिए । उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । खुट्टा भाँचिएर उनको शल्यक्रिया गर्नुपर्ने थियो । उनी दुवाकोटस्थित केएमसी अस्पतालमा उपचाररत थिए

प्रकाशित मिति: सोमवार, जेष्ठ १२, २०७७