समाचार हेडलाईन न्युज

टिपरको ठक्करबाट भक्तपुरमा सईको मृत्यु

सुनकोशी न्युज, २०७७ जेष्ठ १३ गते मंगलबार,
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि–४ मा ड्युटीमा खटिएका एक जना सईको टिपरको ठक्करबाट मृत्यु भएको छ ।

सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर अनियन्त्रित भई आपसमा ठोक्किँदा ड्युटीमा खटिएका सई निमबहादुर घर्तीमगरको मृत्यु भएको हो । नर्भिक अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान करिब ५ बजे उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
दाङको रामपुर घर भएका उनी महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत थिए । प्रहरीले टिपरका चालक धादिङका राजेन्द्र प्याकुरेल र राजेश सैंजुलाई नियन्त्रणमा लिएको छ । चालक सैंजुले मापसे गरेर टिपर चलाएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १३, २०७७