अर्थ/विजनेस मुख्य समाचार

झापामा ६४ अर्बकाे औद्योगिक पार्क : डिपीआर तयार गर्न चिनियाँ कम्पनीलाई अनुमति

 काठमाडाैं, १७ साउन

सरकारले झापाको दमकमा ‘औद्योगिक पार्क’ निर्माणका लागि अनुमति पाएको चीनको ल्हासास्थित एक कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्न अनुमति दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको लगानी बोर्ड बैठकले सो औद्योगिक पार्क निर्माणका लागि चीनको ल्हासास्थित एक कम्पनीलाई डिपीआर तयार पार्न अनुमति दिएको हो ।

६४ अर्ब नेपाली रुपैँयामा निर्माण गर्ने सो पार्कको डिपीआर तयार पार्ने स्विकृति चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट र जोन जिङपिङ क्रिएसन कन्स्ट्रक्सन कम्पनीलाई दिने निर्णय गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

बोर्डले विराटनगरमा लजिष्टिक पार्क निर्माणका लागि अध्ययन गर्न सिजी ग्रुप र सराफ ग्रुपलाई दिने निर्णय पनि गरेको छ ।

त्यसैगरी, जनकपुरमा निर्माण गर्न लागिएको लजिष्टिक पार्कको अध्ययन गर्न पनि एक नेपाली कम्पनीलाई अनुमति दिने निर्णय गरिएको पनि बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।

बैठकले तमोर जलाशाययुक्त विद्युत आयोजनाको विकासका लागि २१ दिनभित्र चाईना कन्स्ट्रक्सन पावर र जापान–कतारको ज्वाईन्ट भेन्चरमा सञ्चालित एक कम्पनीलाई प्रस्ताव पेस गर्न आह्वान गर्ने निर्णय गरेकाे छ ।

बहालवाला प्रहरी अधिकारीसहित २९ जनालाई पक्राउ गरी २६ वैशाखमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६