समाचार

लायन्स क्लबद्वारा दैनि ज्याला मजदुरि गर्ने व्यक्तिहरुका लागि मास्क र ग्लोभ वितरण गर्न 

काठमाडौ । विश्वमा महामारिको रूपमा पैmलिएको कोरोना भाइरसको कारण नेपालमा पनि लकडाउन भएको अवस्था छ । लकडाउनका कारण सबै भन्दा बढी मर्कामा परेका दैनिक ज्याला मजदुरि गर्ने वर्ग हो । यस्तो विकराल अवस्थामा दैनिक ज्याला मजदुरी गर्ने वर्गलाई सामुदायिक सेवा केन्द एवं सामुदायिक प्रहरी सेवा केन्द, कुलेश्वरद्वारा हरेक दिन विहान १०ः०० देखि ११ः०० र साँझ ५ः०० देखि ६ः०० वजे सम्म खाना खुवाउने कार्यकरम गर्दै आइरहेको छ ।

साथै दैनि ज्याला मजदुरि गरि खाने वर्गका व्यत्तिहरुलाई मास्क र ग्लोव अति आवस्यक देखिएकोल लायन्स क्लब अन्र्तराष्ट्रिय, डिस्ट्रिक्ट ३२५ ए २ को तपÞर्mबाट चिफ एरिया कोआर्डिनेटर लायन भाबिश्वर तिवारीले सामुदायिक सेवा केन्द एवं सामुदायिक प्रहरी सेवा केन्द्र, कुलेश्वरका अध्यक्ष्य गोपाल श्रेष्ठलाई ५०० वटा मास्क र ग्लोभ हस्तान्तरण गर्नु भएको छ । मास्क र ग्लोभ हस्तान्तरण कार्यक्रममा लायन्सको तर्फबाट पीडिनी लायन बिजु बज्राचार्य रिजन चियर पर्सन लायन मुक्ति भण्डारी जोन चियर पर्सन लायन मनेंद्र जोशी र सामुदायिक सेवा केन्द एवं सामुदायिक प्रहरी सेवा केन्द्रका तर्फबाट सचिव सजना नकर्मी, इन्चार्ज तथा सबइनिस्पेक्टर नरेश देउबाको समउपस्थिति रहेकोथियो ।

प्रकाशित मिति: आइतवार, चैत्र २३, २०७६