समाचार

डिस्ट्रिक्ट ३२५ ए २ का क्लबहरुद्वारा ठाउँ ठाएँमा खाद्य समाग्री वितरण कार्य गरिदै

काठमाडौं । कोरोना भाइरस महामारीको कारण, व्यक्ति संक्रमण, बेरोजगारी र वित्तीय अवरोधका साथ साथै धेरै मानसिकहरु दबाब जस्ता समस्याहरूको सामना गरिरहेका छन् । यस्तो वातावरणमा, घबराहट, बेचैनी, एकाकीपन र डिप्रेसनले ठूलो समस्या निम्त्याउन सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ । उच्च सर्तकता अपनाउनका लागि देशमा लकडाउन चलि रहेको छ । नेपालमा भाईरस संक्रमीतको संख्यामा अलि बढोत्तरी भएता पनि कोरोना संक्रमणको कारण मर्ने बिरामीहरूको संख्या भने देखिएको छैन । जबकि कोरोना बिरामीहरुको संख्या आज सम्म ९ पुगेको छ । यद्यपि यो हामीहरुका लागि राहतको कुरा हो त्यस मध्य केही निको पनि भएका छन् । कोरोना भाईरसका कारण विश्व नै आक्रन्त भएको छ । यस्तो अवस्थामा हामी सेवा गर्छौ भन्ने लायन्स क्लब अन्र्तराष्ट्रियको मोटोलाई आत्मसात गर्दै नेपालको डिस्ट्रिक्ट ३२५ ए २ का लायन्स क्लबहरु मानव सेवाको कार्यमा अग्रसर भएर सेवा दिइरहेका छन् ।

प्रदेश नम्बर २ को लहान नगरपालिका वार्ड नम्बर ४ मा असहायहरुलाई लायन्स क्लब अफ लहान सिटिका लायन सुदिप, लायन ललीत महतो, लायन धिरेन्द्र अधिकारीको टोलिले १०० पाकिट खाद्य समाग्री वितरण गरेका छन् । वितरण गरिएको खाद्य समाग्रीमा १० किलो चावल, २ किलो आलु, १ किलो दाल, नुन, तेल र साबुन रहेको छ । त्यस्तै लायन्स क्लब अफ जनकपुर, लायन्स क्लब अफ जनकपुर जनजी र लायन्स क्लब अफ जनकपुर राजधानीले पनि जनकपुरका केही क्षेत्रहरुमा असहायहरुलाई खाद्य समाग्री वितरण गरेको छ । त्यस्तै लायन्स क्लब अफ काठमाडौ समृद्धिले मनहरा क्षेत्रमा अनाथ बालबालिकाहरुका लागि खाद्य समाग्री सहयोग गरेको छ । लायन्स क्लब काठमाडौ सम्पदाले काभ्रेको वार्ड नम्बर ५का ४४ दलित परिवारलाई खाद्य समाग्री वितरण गरेको छ । लायन्स क्लब अफ काठमाडौं हाई भीजनले महाबौद्ध र संकटा क्षेत्रमा रहेका दैनिक ज्याला मजदुरी गर्नेहरुलाई खाद्य समाग्री र पानी वितरण गरेको छ ।

लायन्स क्लब अफ काठमाडौ हाईभिजनले काठमाडौंको महाबौंद्ध र न्युरोडको संकटा आसपास रहेका सडक बालबालिकाहरुलाई रु २५० बराबरको १०० पाकेट ड्राईफुड र माक्स वितरण गर्नुका साथै हालको विषम परिस्थितिमा हातमुख जोड्न कठिन भएका कलंकी आसपास रहेका ब्यक्तिहरुलाइ समेत खाद्य समाग्री वितरण गरेको छ । कोरोना सुरक्षा कार्यक्रम अन्तर्गत दक्षिणकाली लायन्स क्लबद्वारा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतलाई ५०० थान कपडाको मास्क हस्तान्तरण गर्नुका साथै केही सहज होस भनी Spray capasule कगभि समेत प्रदान गरेको छ ।

प्रकाशित मिति: आइतवार, चैत्र २३, २०७६