समाचार

लायन्स क्लबहरुद्वारा कोटेश्वर ट्राफिक कार्यालयलाई सेनिटेसन, मास्क, ग्लोब्स तथा पानि हस्तान्तरण

काठमाडौं । लायन्स क्लब अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ ए २ अन्र्तगतका लायन्स क्लब अफ काठमाडौं ओपेरा सिटी, लायन्स क्लब अफ काठमाडौं पर्ल सिटि, लायन्स क्लब अफ काठमाडौं रेज, लायन्स क्लब अफ काठमाडौं अंकुर र लायन्स क्लब अफ काठमाडौं सेफवेको संयुक्त आयोजनामा र जोन चियर पर्सन लायन इन्द्र बहादुर कार्कीको संयोजकत्वमा कोटेश्वर ट्राफिक कार्यालयमा सेनिटेसन, मास्क, ग्लोब्स तथा पानि हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

कोरोना भाईरसबाट सर्तकर्ताका लागि नेपाल सरकारले सातवटै प्रदेश लकडाउन गरेको अवस्था छ । भाईरसका कारण घरबाहीर निस्कन ज्यानको जोखिम व्यहोर्नु पर्ने यस्तो बिषम परिस्थितिमा अहोरात्र सुरक्षामा खटिनु भएका ट्राफिक प्रहरी दाजुभाई तथा दिदीबहिनीहरुलाइ सहयोग गर्ने उद्देश्यले आयोजित कार्यक्रमा डिजिक्नेटेड डिस्ट्रिक गभर्नर लायन डा. शुसिला मल्ल, चिफ एरिया कोअर्डिनेटर लायन उत्तम भण्डारी र लायन संगिता सिलवाल, क्लबका अध्यक्ष लायन जयन्ती अधिकारी महरा र लायन धुर्ब बहादुर कार्कीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

प्रकाशित मिति: शनिबार, चैत्र २२, २०७६