बागमती समाचार

असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार संख्याका आधारमा राहत उपलब्ध

काठमाडौं । काठमाडौं महानगरपालिकाले अति बिपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार संख्याका आधारमा राहत उपलब्ध गराउने कार्य शुरु गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १०ले मारवाडी सेवासमाज नेपालले उपलब्ध गराएको राहत समाग्री आज वडा कार्यालय मार्फत दुई सय जानालाई जनही ५ किलो चावल, १ किलो दाल, २ किलो आलु, तेल, नुन, मसाला, साबुन चाउचाउ वितरण गरेको छ ।

त्यस्तै ज्यालादारीमा काम गर्ने (परिवार) व्यक्तिलाई, अभिभावक नभएका, आफ्नो आयश्रोत तथा जायजात नभएका, अरुको सहयोग तथा सहारामा बस्दै आएकाहरुलाई पहिचानगरि ‘नगर कार्यपालिकाको ४३ औं बिशेष बैठकले ‘कोरोना भाइरस सम्बन्धी राहत वितरण मापदण्ड — २०७६’ जारी भए अनुसार वडाले भोलि देखि राहत वितरण गर्ने वडा नम्बर १० का शतिस तण्डुकारले जानकारि दिनुभयो ।

प्रकाशित मिति: मङ्लबार, चैत्र १८, २०७६