शिक्षा/स्वास्थ्य हेडलाईन न्युज

कोरोना आशंकित बिरामीको चितवनमा मृत्यु, डाक्टर भन्छन्–कोरोना पुष्टि भएको छैन

सुनकोशी न्युज,
२०७६ चैत ११
काठमाडौं । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालको आईसीयुमा रहेका एक बिरामीको मंगलबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दानी ४० वर्षीय वीरगन्जका बिरामी रहेको भरतपुरमा केहीदिन अघि मात्रै निर्माण गरिएको कोरोना विशेष अस्पतालका प्रमुख डा भोजराज अधिकारीले जानकारी दिए ।

उनले ती बिरामीमा कोरोनाको आशंका गरिएको भएपनि पुष्टि नभएको बताए । ‘हामीले कोरोनाको पनि संक्रमण हुन सक्ने भएकाले नुमना परीक्षणका लागि पठाएका छौं । रिपोर्ट आज बेलुकासम्म आइपुग्छ’, उनले रातोपाटीसँग भने ।

रुघा, ज्वरो र निमोनियलगायतका लक्षण देखिएकाले हामीले नमुना संकलन गरेर पठाएका छौं । जे पनि रिपोर्ट आउन सक्छ तर उहाँ मिर्गौलाको रोगी भएकाले नियमित चितवन मेडिकल कलेज ९केएमसी०मा फलोअपमा आउने बिरामी हो’, उनले थपे ।

उनका अनुसार ती बिरामी केएमसीमा फागुन ९ गते भर्ना भएका थिए भने आज बिहानमात्रै कोरोना विशेष अस्पतालको आईसीयुमा सारिएको थियो । उनको शब हाल भरतपुर विशेष अस्पतालको शवगृहमा राखिएको छ ।

प्रकाशित मिति: मङ्लबार, चैत्र ११, २०७६