हेडलाईन न्युज

भोलि बिहान ६ बजेदेखि देशैभरि लकडाउन, उल्लंघन गर्नेलाई कारबाही

pRr:t/Lo ;dGjo ;ldltsf] a}7s sf7df8f}F, & r}t . ljZjJofkL ?kdf km}lnPsf] gf]en sf]/f]gf -sf]le8–!(_ /f]usf] ;+qmd0f, /f]syfd tyf lgoGq0f ;DaGwdf pkk|wfgdGqL tyf /IffdGqL O{Zj/ kf]v/]nsf] ;+of]hsTjdf ul7t pRr:t/Lo ;dGjo ;ldltsf] z'qmaf/ ;fFem k|wfgdGqL sfof{no l;+xb/af/df a;]sf] a}7sdf ;xefuLx? . t:jL/ M /Tg >]i7, /f;; .

२०७६ चैत्र १० गते
काठमाण्डौं । मंगलबारदेख एकहप्ताको लागि पूरै देशभरि लकडाउन हुने भएको छ । भोलि बिहान ६ बजेदेखि कोही पनि नागरिक घरबाहिर निश्किन पाउने छैनन् । अत्यावश्यक र स्वास्थ्य सेवा बाहेक अरुसवारीसाधन वा ढुवानी सेवा पनि बन्द हुनेछन् ।

भरखरै रक्षा तथा उपप्रधानमन्त्री इश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलिदेखि लक डाउन गर्ने निर्णय गरेको हो । यसअघि सरकारले सेमी लकडाउन गरेको भए पनि त्यसको खासै प्रभाव परेको थिएन । भारत र विदेशबाट नेपाल आउने क्रम बढीरहेको र यसरी आएका मध्य दुईजनामा कोरोना भाइरस पोजिटिभ देखिएपछि यसको प्रभाव विस्तार रोक्न सरकारले लक डाउनको निर्णय गरेको हो ।

लक डाउनको अवश्थामा सबै जनता घरबाट बाहिर निश्किन पाउने छैनन् । अति आवश्यक भएको खण्डमा मात्रै सुरक्षाकर्मीको अनुमति लिएर अस्पताल वा काममा जान सक्ने छ । अर्थ एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले मन्त्रिपरिषद्को आइतबारको बैठकले कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरा देखिएकाले देशभर लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिए ।

मन्त्रिपरिषद्ले आइतबार निर्णय गरेको भएपनि आजमात्रै खतिवडाले यो निर्णय सार्वजनिक गरेका हुन् ।नेपाल सरकारले संक्रामक रोग ऐन २०२० को दफा दुईले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र नियन्त्रण गर्न चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म लागू हुने गरी लकडाउनको निर्णय गरिएको खतिवडाले बताए ।

जसअनुसार औषधि उपचार र अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरिएको छ भने अनुमतिप्राप्त सवारी साधन, सुरक्षा निकाय, प्रेसबाहेक सबैप्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

यस्तै आन्तरिक व्यवसायिक उडानमा पनि रोक लगाइएको छ भने अतिआवश्यक पर्ने सरकारी कार्यालयका कर्मचारीबाहेक अन्यलाई आवश्यकता पर्दा तत्काल उपस्थित हुनेगरी बिदा दिने निर्णय गरिएको छ । निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीलाई पनि बिदा दिन भनिएको छ।

प्रकाशित मिति: सोमवार, चैत्र १०, २०७६