बागमती मुख्य समाचार

सफाई कर्मचारीलाई ज्वरो मापन गरेर मात्र काम पठाइने

काठमाडौं । काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागले आजबाट स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ । बिभागको प्रवेशद्वारमा राखिएको सहायता कक्षबाट सफाइ सम्बन्धि काम गर्ने कर्मचारीको ज्वरो मापन गर्ने, कार्यालय हातामा प्रवेश गर्नेलाई साबुनपानीले हात धुन लगाउने, स्यानिटाइजर र मास्कको प्रयोग गर्न लगाउने गरिन्छ । नोभल कोरोना (कोभिड — १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कक्ष स्थापना गरिएको हो ।
सेवा शुरु भएको पहिलो दिन बिहान ५ बजेदेखि ७ बजेकाबीचमा बिभागका खटिने २०० जना कर्मचारीको ज्वरो मापन गरिएको थियो । मापन गरिएका कर्मचारी कसैमा पनि समस्या नदेखिएको फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख निर्मल बरालले जानकारी दिनुभयो ।=चन्द्रमणी भट्टराइ

प्रकाशित मिति: सोमवार, चैत्र १०, २०७६