समाचार हेडलाईन न्युज

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले गरे त्मसमर्पण

काठमाडौं । अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् । जिल्ला अदालत, सुनसरीमा उनले आत्मसमर्पण गरेका हुन् ।

उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । आदेश अनुसार उनलाई कारागार चलान गर्ने तयारी भइरहेको सुनसरी प्रहरीका एक अधिकृतले अनलाइनखबरलाई बताए ।

अदालतमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा फैसला आउने छनक पाएपछि उनी भारततिर भागेका थिए । यसअघि १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत, बिराटनगर पुगेको थियो ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २०, २०७६