समाचार हेडलाईन न्युज

विश्व श्रवण दिवसको उपलक्ष्यमा Music for cause on the occasion of world hearing day

ललितपुर । ३ मार्च को दिन विश्वभरमा श्रवण दिवस अWorld hearing day को रुपमा मनाईन्छ । नेपालमा पनि श्रवण दिवसको अवरमा इएर केअर नेपालको  ओयोजना र World health Organization,  world hearing forum,  Star hospital को सहयोगमा ललितपुरको कार्तीक डबली पाटन दरबार स्क्वायर परिसरमा वृहत्तरुपमा कानको श्रवण शक्तिबारे जनचेतना मुलक कार्यक्रमको आयोजनो सम्मपन्न गरेको छ । कार्यक्रममा युवा गायिका लाजु श्रेष्ठ, संगितकार तथा गिटारिष्ट शरद श्रेष्ठ, अभिषेक एस मीश्रले गित संगित प्रस्तुत गर्दै श्रवण शक्तिबारे जनमानसमा जनचेतनाको संदेश दिएका थिए ।
मुख्य आयोजक ईयर केअर नेपालकी संस्थापक डा. निलम मर्हजनले ईयर केअर नेपालले पूर्व देखि पश्मि महाकालि सम्म विगतका वर्षहरुमा निशुल्क कान चेकजाँच र औषधी उपचार गर्दै आएको बताईन । त्यस्तै विभिन्न स्कुल–स्कुलमा पुगि बालबालिकाहरुका कानको परिक्षण, निशुल्क औषधि उपचार र शल्यक्रिया समेत निशुल्क गरेर कतिपय बालबालिकाहरु लाभान्तित भएको बताईन । महर्जनले बालबालिकाहरु कान नसुन्ने समस्या साउथ एशियामा अन्य देश भन्दा अधिक भएको र नेपालमा पनि कान नसुन्ने बालबालिकाहरुको संख्यामा वृद्धि हुदै गईरहेको अवस्थामा अभिभावकहरुले विशेष ध्यान दिनु पर्नेमा उनले जोड दिएकी थिईन ।
कार्यक्रममा डा. मीलन मर्हजनले श्रवण शक्ति जनचेतनाको विषयमा लेखेको गित सारंगी वादक बरत गन्दर्भले प्रस्तुत गरेकिथिईन ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २०, २०७६