हेडलाईन न्युज

सानेपा हत्याकाण्ड : गम्भीर घाइते मुनाको उपचारको क्रममा मृत्यु, घटना थप रहस्यमय बन्दै

सुनकोशी न्युज, २०७६ माघ २७
अचेत अवस्थामा भेटिएकी पूर्व सचिव अर्जुन कार्कीकी पत्‍नी मुना कार्कीको उपचारको क्रममा मृत्यु भएको छ । सोमबार बिहान ललितपुरको सानेपास्थित निवासमा अचेत अवस्थामा फेला परेकी मुनाको उपचारको क्रममा मृत्यु भएको हो ।

अचेत अवस्थामा भेटिएकी मुनालाई उपचारका लागि ललितपुरस्थित स्टार हस्पिटलमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललिलपुरका प्रमुख एसएसपी टेक राईले जानकारी दिए।

घटना रहस्यमय देखिएको र यसबारेमा अनुसन्धान सुरु भएको एसएसपी राइले बताए । महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर ललितपुरको टोलीले घटना भएको घरलाई घेरामा राखेर अनुसन्धान गरिरहेको छ। कामदार झुण्डिएको अवस्थामा भेटिनु र श्रीमति पनि टाउकोमा चोट र नील डामसहित अचेत अवस्थामा भेटिएर मृत्यु हुनुले घटना शंकास्पद भएको प्रहरीको प्रारम्भीक ठम्याइ छ ।

दुवैजनाको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ। पोस्टमार्टमको रिपोर्ट आएपछि घट्नाको थप रहस्य खुल्ने राईले बताए।

प्रकाशित मिति: सोमवार, माघ २७, २०७६