सुनकोशी न्युज, २०७६ माघ २७
काठमाडौँ । पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमती मुना कार्की सानेपास्थित निवासमा रगतले लतपतिएको अवस्थामा फेला परेकी छन् भने कामदार विजय चौधरी मृत फेला परेका छन् ।
कार्कीकी श्रीमती अचेत अवस्थामा घरको भान्सा कोठामा रगतले लतपतिएको अवस्थामा फेला परेकी हुन् । घटना करिब १०–११ बजे घटेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनको टाउको कुर्सीले प्रहार गरेको र घाँटीमा चोट लागेको देखिएको प्रहरीले जनाएको छ । शुरुमा छिमेकीले जानकारी दिएपछि उनलाई तत्कालै अस्पताल पठाएको थियो । कार्कीलाई यतिबेला स्टार अस्पताल लगिएको छ ।
कामदार दाङ घर भएका विजय चौधरीको शव फेला परेको छ । उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनको शवमा कुनै चोटपटक छैन भने शव फेला परेको स्थानमाथि डोरी झुण्डिएको पाइएको छ ।
पूर्वसचिव कार्की बिहान पशुपतिनाथ मन्दिरमा पूजा गरेर घर फर्केपछि घटना बारे जानकारी पाएका थिए । कार्कीका एक छोरा र दुई छोरी छन् । दुवै छोरी देशबाहिर छन् । १२ वर्षका छोरा बाबुआमासँग बस्छन् । घटनाको समय छोरा स्कूल गएको र उनलाई स्कुल पुर्याउन अर्की कामदार किशोरी गएकी थिइन् ।
पूर्व सचिव कार्की अवकासपूर्व भूकम्प पुननिर्माण प्रधिकरणमा सचिव थिए । त्यसबेला भूकम्पपीडितका लागि खरिद गरिएको त्रिपाल र जस्तापातामा भ्रष्टाचार गरेको आरोपमा छानबिनमा परेका थिए । उनीमाथि २०७३ सालमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले उनको घरमै आक्रमण गर्दा उनलाई सामान्य चोट लागेको थियो ।
पूर्व सचिव कार्कीको घरमा कामदार मृत फेला, श्रीमती अचेत

सम्बन्धित समाचारहरु
ताजा अपडेट
- रामचन्द्र पाैडेल नेपालकाे तेस्रो राष्ट्रपति निर्वाचित
- म मशाल बाेकेर उठ्छु….
- एमाले अध्यक्ष ओलीले सरकारबिरूद्ध भ्रम फैलाए – सरकार
- छैटौं तलाबाट खसेर माधव नेपालका भाइकाे निधन
- विषादी परिक्षण राेक्न निर्देशन दिएको भन्ने समाचार झुटाे भएको मन्त्रालयकाे खण्डन्
- विन्ध्यावासिनी म्युजिकका सञ्चालक सुवास किन पक्राउ परे
- एमाले सरकारबाट बाहिरियो, सरकारलाई दिएको समर्थन फिर्ता
- मिडियामा मदिराको विज्ञापन गर्न नपाइने अदालतको निर्णय
- सरकारको मुख्य प्राथमिकता सुशासन र विकास होः प्रधानमन्त्री प्रचण्ड
- विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
Add Comment