सुनकोशी न्युज, २०७६ माघ २७
काठमाडौँ । पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमती मुना कार्की सानेपास्थित निवासमा रगतले लतपतिएको अवस्थामा फेला परेकी छन् भने कामदार विजय चौधरी मृत फेला परेका छन् ।
कार्कीकी श्रीमती अचेत अवस्थामा घरको भान्सा कोठामा रगतले लतपतिएको अवस्थामा फेला परेकी हुन् । घटना करिब १०–११ बजे घटेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनको टाउको कुर्सीले प्रहार गरेको र घाँटीमा चोट लागेको देखिएको प्रहरीले जनाएको छ । शुरुमा छिमेकीले जानकारी दिएपछि उनलाई तत्कालै अस्पताल पठाएको थियो । कार्कीलाई यतिबेला स्टार अस्पताल लगिएको छ ।
कामदार दाङ घर भएका विजय चौधरीको शव फेला परेको छ । उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनको शवमा कुनै चोटपटक छैन भने शव फेला परेको स्थानमाथि डोरी झुण्डिएको पाइएको छ ।
पूर्वसचिव कार्की बिहान पशुपतिनाथ मन्दिरमा पूजा गरेर घर फर्केपछि घटना बारे जानकारी पाएका थिए । कार्कीका एक छोरा र दुई छोरी छन् । दुवै छोरी देशबाहिर छन् । १२ वर्षका छोरा बाबुआमासँग बस्छन् । घटनाको समय छोरा स्कूल गएको र उनलाई स्कुल पुर्याउन अर्की कामदार किशोरी गएकी थिइन् ।
पूर्व सचिव कार्की अवकासपूर्व भूकम्प पुननिर्माण प्रधिकरणमा सचिव थिए । त्यसबेला भूकम्पपीडितका लागि खरिद गरिएको त्रिपाल र जस्तापातामा भ्रष्टाचार गरेको आरोपमा छानबिनमा परेका थिए । उनीमाथि २०७३ सालमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले उनको घरमै आक्रमण गर्दा उनलाई सामान्य चोट लागेको थियो ।
पूर्व सचिव कार्कीको घरमा कामदार मृत फेला, श्रीमती अचेत
सम्बन्धित समाचारहरु

ताजा अपडेट
- उत्कृष्ट कृषक तथा शेयर सदस्य सम्मानित
- शीतल निवासबाट लुटिएको हात्तीको दाह्रा बरामद, ५ जना पक्राउ
- ५ अर्ब ७३ करोडको कारोबार, बीमा समूह चम्कियो
- ‘नेपालले पनि सीमा मिचेको’ अभिव्यक्तिको विवाद चर्किँदै, राष्ट्रिय सभा जेठ २६ सम्म स्थगित
- लुम्बिनी सरकारमा ठूलो फेरबदलः एमालेका ४ मन्त्री बाहिरिए, नयाँ अनुहार भित्रिने
- मन्त्रिपरिषद् बैठक : अध्ययन समितिको म्याद थपदेखि एआईजी बढुवासम्मका निर्णय
- सुधन गुरुङ प्रकरण : छानबिन समितिलाई थप पाँच दिनको समय
- नेपालमा फिफा विश्वकप २०२६ हिमालय स्पोर्ट्स एचडी र डीगो एपमार्फत मात्र प्रसारण हुने
- हावाहुरी, चट्याङ र गर्मीको दोहोरो प्रभाव, विभिन्न क्षेत्रमा सतर्क रहन अपिल
- आगामी आर्थिक वर्षका लागि धानको समर्थन मूल्य तोकियो















Add Comment