मुख्य समाचार स्थानीय

कमला उमाविका पूर्वशिक्षक तथा उ.वा.संघ सिन्धुलीका पूर्वअध्यक्ष साहको निधन

सुनकोशी न्युज,

२०७६ माघ २३

सिन्धुली । कमला उच्च मावि ढुंग्रेबासका पूर्वशिक्षक तथा उद्योग वाणिज्य संघ सिन्धुलीका पूर्वअध्यक्ष शिवजी प्रसाद साहको निधन भएको छ । साहको उपचारको क्रममा आज काठमाडौंमा निधन भएको हो ।
शाह सिन्धुलीको शैक्षिक, स्वास्थ्य र व्यावसायिक क्षेत्रमा स्थापित ब्यक्तित्व हुन् । महोत्तरीको जलेश्वर नगरपालिका–१ का स्थानीय साह लामो समयदेखि सिन्धुलीको पुरानो स्कुल कमला उच्च माबिका शिक्षक पेशामा आबद्ध भएयता सिन्धुलीमै बस्दै आएका थिए । उनका दुई छोरा र एक छोरी छन् ।
लमो समयदेखि सिन्धुलीमाढी बजारमा उनले संचालन गरेको मेडिकलले बैकल्पिक अस्पतालको सेवा प्रदान गर्दै आएको छ । शिवजीको मेडिकलका नामले स्थानीयका मनमा सथापित शिवजी सरको निधनप्रति सिन्धुलीका सांसद, पूर्वमन्त्री तथा नेकपा स्थायी समिति सदस्य हरिबोल गजुरेलले हार्दिक समवेदना प्रकट गर्नुभएको उहाँको सचिवालयले जानकारी गराएको छ । शाहका एक छोरा चिकित्सक छन् ।

प्रकाशित मिति: बिहिबार, माघ २३, २०७६