खेल मुख्य समाचार

आइसीसी क्रिकेट विश्वकप : पहिलो खेलमा नेपाल ओमानसँग पराजित

file photo

सुनकोशी न्युज,
२०७६ माघ २२
काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानसँग नेपाल पराजित भएको छ । बुधवार कीर्तिपुस्थित त्रिवि मैदानमा भएको खेलमा ओमानसँग नेपाल १८ रनले पराजित भएको हो ।

ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन जोडेको थियो । तर नेपाल ४६.५ ओभरमा सबै विकेट गुमाएर १७९ रन समेटिन पुग्यो ।

उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३६, सन्दीप लामिछानेले २७ र विनोद भण्डारीले २६ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा समेत रन छुन सकेनन् । तर, शरद भेषावकरले अर्धशतक बनाए पनि टिमलाई जितका लागि प्राप्त भएन । नेपालका लागि करण केसीले ४ र सुशन भारीले ३ विकेट लिएका थिए ।

प्रकाशित मिति: बुधबार, माघ २२, २०७६

ताजा अपडेट