हेडलाईन न्युज

दाहालद्वारा सभामुखमा गजुरेलकाे नाम प्रस्ताव, प्रम अाेली सकारात्मक

सुनकाेशी न्युज,

२०७६ माघ ३ गते

काठमाण्डौं । नयाँ सभामुख चयनमा निकै सकस भइरहेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सभामुखका लागि नयाँ व्यक्तिको नाम प्रस्ताव गरेका छन् । दाहालले निकासका लागि स्थायी समिति सदस्य हरिबाेल गजुरेलकाे नाम प्रस्ताव गरेका छन् ।

विहिबार अध्यक्ष दाहालले गजुरेलकाे नाम पेस परेपछि सकारात्मक देखिएका अाेली यसबारे छलफल गरेर शुक्रबारकाे बैठकमा निर्णयमा पुग्ने बताएका छन् । अाज दुई अध्यक्षबीच यसै विषयमा पूनः छलफल हुनेछ ।

एकातिर उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा नदिनु र अर्कोतर्फ समामुख पूर्वएमालेलाई की पूर्वमाओवादीलाई भन्नेमा पेचिलो अवस्था भइरहेका वेला दाहालले आफना अर्का विश्वासपात्र हरिबोल गजुरेललाई अघि सारेका हुन् । अग्नी सापकोटाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक नभएपछि दाहालले गजुरेललाई प्रस्ताव गरेको स्रोतले वतायो । विहिवार लामै भएको छलफलमा दाहालले भने, सापकोटालाई स्विकार्न नसकिने भए गजुरेललाई अघि सारौं ।

उपसभामुख तुम्बाहाफेले राजीनामा नदिएपछि नेकपाका शिर्ष नेताविच निर्णयमा अन्यौलता देखिएको छ । प्रधानमन्त्री ओली आफना विश्वास पात्र सुवास नेम्वाङलाई बनाउने अडानमा छन भने दाहाल सापकोटा नभए गजुरेल दुई मध्ये एक बनाउने अडानमा अडिक छन् । जस्ले गर्दा सभामुख चयन चरम अप्ठारोमा परेको छ । वर्तमान उपसभामुख तुम्बाहाफेको पक्षमा राष्ट्रपति विद्यादेवि भण्डारीको समर्थन रहेको बताइदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६