हेडलाईन न्युज

कुपन्डोलको बजाज सर्भिस सेन्टरमा आगलागी, नियन्त्रणको प्रयास जारी

सुनकोशी न्युज, २०७६ माघ २
ललितपुर । ललितपुर कुपन्डोलस्थित बजाज सर्भिस सेन्टरमा आगलागी भएको छ । बिहीबार साँझ सवा ८ बजेबाट आगलागी भएको प्रहरीले जानकारी दिएको हो ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसमार अहिले आगो नियन्त्रणको प्रयास जारी छ । आगो निभाउन काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल र पानी ट्यांकर, प्रहरी र स्थानीय जुटेका छन् । आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति: बिहिबार, माघ २, २०७६

ताजा अपडेट