हेडलाईन न्युज

नेकपाका केन्द्रीय सदस्य राई दुर्घटनामा सख्त घाइते, हेटौंडा अस्पतालले गर्याे काठमाडौं वा भरतपुर रिफर

सुनकाेशी न्युज,

२०७६ माघ १ गते

सिन्धुली । नेकपाका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला कमिटी सह -इन्चार्ज कमलजङ राई दुर्घटनामा परि सख्त घाइते हुनुभएको  छ।

अाज साँझ करिब साढे ५ बजे  राईले चलाउनु भएको माेटरसाईकललाई हरिहरपुर गाउपालिकाकाे घन्टे नजिक बिपरित दिशाबाट अाईरहेकाे ट्याक्टरले ठक्कर दिदा दुर्घटना भएको हाे।  सख्त  घाइते राई र माेटरसाईकलमा सवार स्थानीय एक महिलाको हेटौडा अस्पतालमा उपचार भईरहेकाे राईकाे  परिवारले जनाएको छ।

दुबै जनाकाे टाउको र खुट्टामा गम्भीर चाेट लागेका कारण हेटौंडामा उपचार हुन नसक्ने भनी काठमाडौं वा भरतपुर लैजान अस्पतालले रिफर गरेको छ। रातिको समय भएकोले काठमाडौं लैजान धेरै समय लाग्ने हुदा भरतपुर लैजाने तयारी भैरहेको राईकी धर्मपत्नीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते महिलाको अवस्था चिन्ताजनक रहेकोले यथाशीघ्र काठमाडौं लैजान अस्पतालले सल्लाह दिएको छ।

दुर्घटनाग्रस्त ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: बुधबार, माघ १, २०७६