हेडलाईन न्युज

बि एण्ड सि अस्पतालका संचालक दुर्गा प्रसाईंलाई पक्राउ गर्ने अादेश, प्रसाईं सम्पर्कविहिन

सुनकाेही न्युज,

२०७६ माघ २

काठमाडौं । बि ईण्ड सि अस्पतालका संचालक तथा बहुचर्चित मार्सिधानका मिथक दुर्गा प्रसाईंबिरुद्ध अभद्र ब्यवहारकाे कसुरमा जिल्ला प्रशासन कार्यालय भक्तपुरले पक्राउ पुर्जी जारी गरेपछि भक्तपुर प्रहरीले उनलाई खाेजि गरिरहेकाे छ।

पक्राउ पुर्जी जारी भएपछि अाज विहानै प्रहरी उनको भक्तपुरस्थित निवासमा पुगेको थियो । तर प्रसाईं घरमा थिएनन् । अहिलेसम्म उनी पक्राउ परेका छैनन् । फरार प्रसाईंलाई पक्राउ गर्न प्रहरीले विभिन्न जिल्लामा समन्वय गरेको छ।

चिकित्सा शिक्षा अायाेगका उपाध्यक्ष डाक्टर श्रीकृष्ण गिरिकाे उजुरीको अाधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले उनलाई पक्रेर छानबिनका लागि जिल्ला प्रशासन कार्यालयमा पेस गर्न लागेको हाे। प्रसाईंलाई गिरिउपर अभद्र ब्यवहार गरेको अाराेप लागेकाे छ।

केही दिनपहिला प्रसाईंले पत्रकार सम्मेलन गरि चिकित्सा शिक्षा अायाेगका उपाध्यक्ष गिरिले अाफूसँग २० करोड रुपैयाँ घुस मागेको अाराेप लगाएका थिए । पछि गिरिले उक्त अाराेपकाे खण्डन गर्दै अाराेप पुष्टि गर्न चुनाैति दिएका थिए ।

  • प्रसाईं तिनै व्यक्ति हुन् जसको घरमा नेकपाका अध्यक्षद्वयलाई मार्सिधानकाे चामल चरसकाे थालमा खुवाएकाे फाेटाे सार्वजनिक गरेपछि जनतामा अालाेचना भएको थियोे ।

 

प्रकाशित मिति: बिहिबार, माघ २, २०७६

 

 

ताजा अपडेट