सुनकोशी न्युज, २०७६ पौष २७ गते
हेटौंडा । प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौंडा राख्ने प्रस्ताव प्रदेशसभा बैठकबाट पारित भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ हेटौंडा राजधानी राख्ने प्रस्ताव पारित गरेको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गर्नुभएको हो ।![]()
हेटौंडा राजधानी राख्ने पक्षमा १०५ मत आएको छ भने विपक्षमा तीन मत आएको छ । प्रदेशसभामा एक सय १० सांसद भए पनि मतदानमा एक सय आठ सांसद मात्रै उपस्थित थिए। काभ्रेको धुलिखेल राजधानी राख्नुपर्ने पक्षमा तीन मत आएको हो।
विवेकशील नेपाली दल र साझा पार्टीले मात्रै धुलिखेल राजधानी राख्नुपर्ने प्रस्ताव गरेको थियो। उक्त प्रस्तावलाई प्रदेशसभा बैठकले अस्वीकृत गरिदिएको छ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, राप्रपा र राप्रपा संयुक्तले संयुक्त प्रस्ताव पेश गर्दै हेटौंडा राजधानी राख्ने पक्षमा मतदान गरेका थिए। नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसको संसदीय दलले राजधानी हेटौंडा तथा नाम बागमती राख्ने निर्णय गरेका थिए।
प्रदेशको नाम बागमती राख्न प्रदेशसभामा प्रतिनिधित्व गरेका सबै दल सहमत भएका छन्।

















Add Comment