हेडलाईन न्युज

सिन्धुलीमाढीमा माघे संक्रान्तिको शुभकामना आदान–प्रदान : पूर्वकृषि मन्त्री गजुरेल नाचे छमछमी

सुनकोशी न्युज, २०७६ पौष २६ गते शनिवार
मगर समुदायको महान चाड माघे संक्रान्तिको अवसरमा सिन्धुलीमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
मगर संघ सिन्धुलीले सिन्धुलीमाढीको खुल्लामंचमा आयोजना गरेको कार्यक्रममा सिन्धुली प्रतिनिधिसभा–२ का सांसद तथा पूर्व कृषि मन्त्री प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएको छ । मगर भेषभुषामा सजिएका मगर लगायत अतिथिहरुले माघीको शुभकामना साटासाट गरेका थिए । मगर कला र संस्कृतिका विभिन्न झाँकी र नृत्यमा गजुरेल लगायत सहभागीहरु छमछमी नाचेका थिए ।
जातीय र भाषिक विविधता नोपालको मौलिक सम्पत्ति भएको बताउदै कार्यक्रमका प्रमुख अतिथि गजुरेलले सबै जातिले सबै जाति र धाषाको सम्मान गर्दै उत्थान र जगेर्नाको लागि हातेमालो गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा जनयुद्ध र जनआन्दोलनको बलबाट सम्पूर्ण जाति, भाषा, धर्म र समुदायको हित रक्षा गर्ने संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गर्दै संविधानले सबैको पहिचानलाई स्पष्ट व्यवस्था गर्ने कोसिस गरेको जनाउनु भयो । जातीय संस्कृतिको सम्वद्र्धन र मातृभाषामा शिक्षा लिन पाउने सबैको मौलिक अधिकार भएको बताउनुभयो । यसका लागि सरकारले उचित नीति र कार्यक्रम बनाउन आवश्यक भएको उहाँको तर्क छ ।
मगर संघ जिल्ला अध्यक्ष अम्विका खुलाल मगरले मगर जातिको उत्थानका लागि राज्यले नेपाभरि छरिएर रहेका सबै मगरहरु समेटिनेगरी नीति बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा उपस्थित मगर प्रतिनिधि, विभिन्न अतिथि तथा सहभागीहरुले मगर गीतमा सामुहिक नृत्यमा सहभागिता जनाउनुभएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस २६, २०७६