मुख्य समाचार

तनहुँमा बस दुर्घटना : दुईको मृत्यु, १७ जना घाइते

दमौली : घिरिङ गाउँपालिका ३ थानीमाईमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । शुक्रबार बिहान १० बजेतिर रामपुरबाट भिमादहुँदै पोखरा जाँदै गरेको ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा  घिरिङ १ बैंडीकी २० वर्षीया मुना थापा र घिरिङ ३ निवासी ४२ वर्षीया ननीमाया गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँले जानकारी दिएको छ । बस सडकबाट करिब ४० मीटर तल भीरमा खसेको प्रहरीले जनाएको छ।

थापाको घटनास्थलमा तथा गुरुङको उपचारका क्रममा पोखराको फिष्टेल अस्पतालमा मुत्यु भएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। बसमा सवार २५ मध्ये १७ यात्रु घाइते भएका छन्। सबैको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।हिलो बाटोमा चिप्लिँदा दुर्घटना भएको ट्राफिक प्रहरीको अनुमान छ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६