हेडलाईन न्युज

नयाँ सभामुख चयनपूर्व नेताहरूले गम्भीर हुन जरुरी

सुनकाेशी न्युज ।

पुस ११ गते प्रतिनिधि सभाको लागि सभामुख चयनकाे कार्यतालिका प्रस्ताव अाव्हान गर्ने कार्यक्रम रहेको छ।

सभामुखकाे पदमा बाजी मार्न सफल हुने भाग्यमानी काे हाेला भन्ने विषय अहिले सर्वाधिक चासो र चर्चा बन्ने गरेको छ।

माअाेवादी केन्द्र र ऐमालेबीच पार्टी ऐकताहुनुपूर्व सरकार बन्याे । प्रधानमन्त्री,राष्ट्रपति र राष्ट्रिय सभाको अध्यक्ष ऐमालेकाे भागमा र प्रतिनिधि सभाकाे सभामुख माअाेवादीकाे भागमा परेको थियो ।

विभिन्न जालझेलकाे सिकार बनेका सभामुख कृष्णबहादुर महराले पदबाट राजिनामा दिऐपछि उक्त रिक्त पदमा पूर्व माअाेवादीकै हक लाग्नु तार्किक हुन्छ। पार्टी पूर्णरूपमा ऐकताबद्व भैसकेको छैन।

दुई अध्यक्ष प्रणालीमा गऐकाे पार्टीमा अहिले विश्वासको खडेरी परेको छ। ऐकताताका गरिएका सहमतिमाथि जसरी मजाक गरिदैछ त्यसले ऐउटा पक्षलाई झस्काऐकाे छ। गरिएको सहमतिलाई गरिएको छैन भन्न सक्ने बेईमानीले त्यसपछि गरिने  सहकार्य र निर्णयमा ईमानदारी रहला भन्नेमा सन्देह पैदा गरेको छ।

प्रचण्डलाई धेरै नजिकैबाट सहयोग गर्ने महरालाई जसरी समाप्त पारियाे, सिङ्गो पार्टी त्यसलाई किकर्तव्यविमुख भएर हेर्न बाध्य बनायो । प्रचण्डलाई कसरी कमजोर बनाउने, कसरी समाप्त पारेर अाफ्नाे अगाडिको तगारो हटाउदै नेतृत्व हत्याउने भन्ने कुरामा केही मान्छे राम्रैसँग लागेको पनि देखिन्छ ।

त्यसैको निरन्तरता अहिले सभामुखमा बेईमानीपूर्ण ढंगले सुवासचन्द्र नेम्वाङलाई अगाडि सार्न खाेजिदैछ। उनीहरू निकट मिडियामा यसको राम्रो प्लिड गरिएको छ। यसले मनाेवैज्ञानिक दबाब बनाउन भूमिका निर्वाह गरेको छ।

राजनीतिमा यतिसम्म पनि ईमानदारी नभएपछि कतिसम्म तल अाेर्लिन सक्छन् भन्ने उदाहरणका चाङ बनाईदैछ।

जज र जबज वा विचारकाे बहानामा त कहिले संगठनमा प्रतिनिधित्वको नाममा अर्को पक्षमाथि निरन्तर तल्लो स्तरकाे गालिगलाैजमा लागिरहेका छन् । लगाईऐकाेछ । उनीहरूलाई पुरस्कृत गरिएको छ, पद र मान दिऐर । प्रधानमन्त्रीका सल्लाहकार छाैंडा भनेर गाली गर्ने, प्रेस सल्लाहकार ढेडु र स्याल भन्दै प्रचण्डलाई अध्यक्ष मान्दिन भन्ने । प्रधानमन्त्री उनीहरूलाई नै पुरस्कृत गर्दै त्यसाे गर्न हाैसला प्रदान गर्ने । यसको मतलब के हुन्छ ? प्रधानमन्त्रीले कान्तिपुर दैनिक पत्रिकामा दिऐकाे अन्तरवार्तामा महराले ईण्डाे प्यासिफिक र MCC संसदमा टेवल हुन नदिएकाले अाफ्नाे खुट्टामा बञ्चराे हानेको बताए । अहिले उनीनिकट सारा संयन्त्र जसरी पनि महरालाई सजाय दिलाउने र जेलमा सडाउने मिहिन योजनामा देखिन्छन् । सिंगापुर जानुपूर्वै कार्यकारी अधिकार सहितको अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री अाेली भनेर गरिएको निर्णय हप्तादिन टिकाउन सकेनन् । प्रचण्डले अध्यक्षता गरेको स्थायी समितिको बैठकमा अर्का अध्यक्ष अाेलि १ दिन पनि गऐनन्। बाहिर हल्ला चलाईयाे – अाेलिबिनाकाे बैठक कमजोर ।

यावत तरिकाले माअाेवादी नेताहरूको तेजाेवध गर्ने र सिध्याउने नियत स्पष्ट देखिन्छ । उनीहरू सार्वजनिक फाेरममै स्पष्ट भन्ने गर्छन् कि माअाेवादीलाई सिध्याउन सफल भईयाे । अब जबजकाे रावणराज चल्छ। किनकि सारा बुद्धिकाे भाँडाेजति सबै उनीहरूले खैरियतमा प्राप्त गरेका छन् ।

यस्तो नियत र अभियानबाट उनीहरू माअाेवादी पृष्ठभूमिकालाई समाप्त पार्ने खेलमा देखिन्छन् । यसले माअाेवादी पृष्ठभूमिकालाई तरंगित र सशंकित बनाऐकाे छ। उनीहरूले चाल्ने हरेक चालमा धाेका र मक्कारिकाे गन्ध अाउन थालेको छ। त्यसैले अब पार्टी ऐउटै भयो भनेर जसलाई सभामुख बनाऐ पनि हुन्छ भन्दैमा पूर्वमाअाेवादी केन्द्रईतरकालाई बजाउने कुनै पनि बहाना स्वीकार्य छैन। यदि त्यसाे भयो भने त्यसले ऐकतालाई कमजोर बनाउनेछ । माअाेवादीपक्षले हेपिऐकाे महसुस गर्नेछ । मनाेविज्ञानमा नकारात्मक असर पर्नेछ । यसले पार्टीलाई अभूतपूर्व घाटा हुनेछ ।

त्यसैले सभामुखको उम्मेदवार चयन गर्नुपूर्व सबै पक्षले यसले पार्ने राजनीतिक र मनाेवैज्ञानिक असर बारे गम्भीर हुन जरुरी छ। भविष्यमा यो वा त्यो उपहार दिउँला भन्दै कसैलाई फकायर यो निर्णयमा सही ठाेक्न बाध्य पारिएको छ भने वा लाेभकाे फेरि अर्को पट्टी बाँधिएको छ भने त्यो पनि  खाेलेर संविधानसभा भवनमा प्रवेश गरे सबैको कल्याण हाेला।

प्रकाशित मिति: बिहिबार, पुस १०, २०७६