अन्तर्वार्ता/विचार हेडलाईन न्युज

माक्र्सवादी विचारको विकास : माअाे दिवसको सन्दर्भ

बिदुर खड्का

सुनकाेशी न्युज ।

अाज माअाे दिवस। दाेस्राे विश्वयुद्वकाे सेराेफेराेमा जापानी साम्राज्यवाद र घरेलुु प्रतिक्रियावादी काेमिताङ सत्ताकाबिरूद्व ऐकसाथ संघर्ष गरेर विशाल चीनमा जनगणतन्त्र स्थापना गर्ने कार्यका मूल नेतृत्व । जसले माक्र्सवादको वैचारिक अाधारभूमिमा चीनको विशेषतामा क्रान्ति सम्पन्न गरे र माक्र्सवादलाई थप विकास गरे।

उनले चीनमा विकास गरेको माक्र्सवादलाई माअाेवादका नाममा संसारभरि प्रयोग गरियो । कतै सफल भए त कतै असफल। नेपाली विशेषतामा याे अांशिक सफलतामा राेकियाे। नेपाली भूमिमा माअाेवादका रुपमा विकसित माक्र्सवादले संघीय लाेकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भयो । यसपछिकाे उपलब्धि हासिल गर्न माक्र्सवादको अझै विकास अावश्यक देखे नेपाली माक्र्सवादीले ।

नेपालकाे ईतिहासमा कहिल्यै नभएको जनयुद्ध माअाेवादकाे वैचारिक राजनीतिक अाधारमा भयो । हजारौं वर्षदेखिको राजनीतिक व्यवस्था परिवर्तन भयो । जनता थप सार्वभौम भए । राष्ट्रिय समृद्धि सबैकाे साझा समस्या बनेको छ।

तर माक्र्सवादकाे अन्तिम साध्य समाजवाद हुदै साम्यवादसम्म पुग्ने बाटोबाट सबै समाजवादी बिचलित भएको अाराेप लाग्ने गरेकाे छ। किनकि कसैले पनि अाज माक्र्स, लेनिन, माअाे र स्तालिनले कल्पना गरेको बाटाे र तरिकालाई हुबहु प्रयोग गरेनन् ।

समाजवाद र साम्यवादमा पुग्न निरन्तर सशस्त्र संघर्ष गर्नुपर्छ भन्ने भ्रम पनि रहने गरेको छ। ऐकचरणकाे परिवर्तनको लागि सशस्त्र संघर्ष गरेपछि प्राप्त उपलब्धि र सत्ताको प्रयोग गर्दै समाजवादतर्फ  शान्तिपूर्ण तरिकाले पनि संक्रमण गर्न सकिन्छ भन्ने बुझाई पनि  छ। यसलाई अाज कतिपयले वैज्ञानिक तरिका भनेका छन् भने कतिपयले संसाेधनवाद ।

समाजवादमा संक्रमण हुन तरिका जे भए पनि नियत र नियति उत्तम हुनुपर्छ जुन अहिले अाफूलाई माक्र्सवादी वा क्रान्तिकारी भन्ने कसैमा पनि विद्यमान देखिदैन ।

अहिले पहिलेका जस्ता राम्रा माक्र्सवादी देखिदैनन् भन्नेले पनि पहिलेका भनेर कसलाई भनेका हुन् भनेर स्पष्ट पार्नुपर्छ । क्रान्तिपूर्वका वा सत्ताप्राप्तिपछिका ??

लेनिन सरकारकाे नेतृत्वमा थाेरै समय रहे। त्यसपछिका स्तालिन चाेखा रहेनन्। माअाेकाे सांस्कृतिक क्रान्ति सफल रहेन। अन्तरविरोध हल गर्न सकेनन् । हाे चि मिन्ह राष्ट्रिय सेराेफेराेबाट बाहिर जान सकेनन्। सबै नेता जाे सत्तामा गऐ, सबैकाे सिमा थिए । नेपालका नेताहरू पनि जाे सरकारमा गऐनन्, ति महान ठान्छन् ।जसले सरकारमा पुगेर जनताको अधिकाधिक महत्वकांक्षा पूरा गर्न सकेनन् ति असफलै मानिऐ। पुष्पलाल र मदन सरकारमा पुगेको भए कस्ता हुन्थे ?? कसैले जवाफ दिन सक्दैनन् । कार्ल माक्र्स कुनै देशको राष्ट्रपति भएको भए उनले कसरी साम्यवाद ल्याउने कार्ययोजना पेश गर्थे, यो अनुत्तरित छ। पेरिस कम्युनमा उनको अप्रत्यक्ष नेतृत्व थियो ।

त्यसैले माअाेकाे नाम लिदै नेपालकाे राजनीतिक परिवर्तनको नेतृत्व गरेका नेतालाई सराप्नु ठिक हाेईन। त्यस्तै लेनिनलाई देखाउदै माअाेलाई कमजोर देख्नु उत्तिकै गलत छ।

माअाेकै अवधारणा र तरिकालाई मार्गदर्शक मान्दै नेपालमा १० वर्ष भिषण जनयुद्ध भयो । यसले नेपालकाे राजनीति उगलपुथल भयो । यसकाे कम्पनले यहाँका धेरै माैजा धानेर बसेका ठालु दलको जरापुर्जा हल्लाईदियाे । जनताले परिवर्तन स्वीकार्दा यसलाई उपहास गर्ने अाज परिवर्तनकाे नेतृत्वसँग काँध मिलाउदै पटक पटक सत्ताकाे मूली बनेका छन्।

र, ति परिवर्तनका विरोधीहरु परिवर्तनको फल खादै अाज पनि परिवर्तनका वाहकमाथि लाञ्छना लगाईरहेका छन् , धावा बाेलिरहेका छन्। यही हाे बिडम्बना भनेको सायद।

यस परिप्रेक्ष्यमा परिवर्तनका महान अग्रज गुरु माअाे त्से तुङ प्रति श्रद्धा सुमन।

प्रकाशित मिति: बिहिबार, पुस १०, २०७६

ताजा अपडेट