हेडलाईन न्युज

काठमाडौंमा चिनियाँ फिल्म फेस्टिवल : वार्षिकोत्सवकाे शैन्य परेड प्रदर्शन

सुनकाेशी न्युज,

२०७६ पुस ११,

काठमाडौं : चीनिया कम्युनिस्ट पार्टीकाे नेतृत्वमा चीन स्वतन्त्र भएको ७० अाैं वर्षको अवसरमा नेपालस्थित चिनियाँ दुतावासले चिनियाँ फिल्म फेस्टिवल अायाेवना गरेको छ।

अाज काठमाडौंको कुमारी QFX सिनेमा हलमा केही छानिएका मानिसलाई बाेलाऐर दुताबासले कार्यक्रम गरेको छ। कार्यक्रममा नेपालका पर्यटन मन्त्री याेगेश भट्टराई र नेपालका लागि चिनियाँ राजदुतकाे उपस्थिति रहेको थियो ।

मन्त्री भट्टराईले रिमाेट थिचेर कार्यक्रमको उद्घाटन गर्दै नेपाल र चिनकाे सम्वन्ध हजारौं वर्ष पुरानो भएको र भ्रमण वर्ष २०२० सफल पार्न चिनियाँ पर्यटनको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।

कार्यक्रममा चिनियाँ सरकार र चिकपाले गरेको कामकाे प्रगति र शैन्य शक्तिको प्रदर्शनी देखाईऐकाे थियो ।

कार्यक्रममा ७०अाैं वार्षिकोत्सबका झलकहरुकाे भिडियो देखाईऐकाे थियो ।

२८ र २९ डिसेम्बर काठमाडौंमा, ५ जनवरी पाेखरा र ८ जनवरीमा लुम्बिनीमा उक्त भिडियो प्रदर्शन गरिने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६