मंसिर १६, २०७६,काठमाडाैं ।
सार्वजनिक नतिजा अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पहिलो भएको छ ।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस १३ स्थानसहित दोस्रो स्थानमा छ भने समाजवादी पार्टी नेपालले ४ स्थानमा विजय प्राप्त गरेको छ ।
राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार ३ स्थानमा विजयी भएका छन् भने १ स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।
नेकपाले १ प्रतिनिधिसभा सदस्य, १ प्रदेशसभा सदस्य, ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र २४ वडाध्यक्ष पद जितेको छ । कांग्रेसले भने १ प्रदेशसभा सदस्य, १ उपमहानगरपालिका प्रमुख र ११ वडाध्यक्षमा विजय हासिल गरेको हो ।
समाजवादीका उम्मेदवार ४ र राजपाका उम्मेदवारले ३ वडाध्यक्षको नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन् ।
राष्ट्रिय जनमोर्चाका उम्मेदवारले बाग्लुङमा प्रदेशसभा सदस्य जितेका छन् भने १ स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।