हेडलाईन न्युज

गृहले गर्यो ६ जना प्रमुख जिल्ला अधिकारीको सरूवा

काठमाडौं । गृहमन्त्रालयले मंगलबार सूचना जारी गर्दै ६ जना प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको छ।

गृहले जितेन्द्र बस्नेत, हुमकला पाण्डे, नारायण प्रसाद भट्टराई, नारायण प्रसाद भट्ट, डिजन भट्टराई र लक्ष्मण बहादुर खड्का रहेका छन्।

जिल्ला प्रशासन कार्यालय चितवनमा कार्यरत बस्नेतको जिप्रका पर्सा सरूवा गरिएको छ। गृह मन्त्रालयमा कार्यरत पाण्डे जिप्रका भक्तपुर सरूवा गरिएको छ भने भट्टराईलाई जिल्ला प्रशासन कार्यालय चितवनमा सरूवा गरिएको छ।

त्यसैगरी जिप्रका भक्तपुरमा कार्यारत भट्टलाई जिल्ला प्रशासन कार्यालय मकावानपुर सरूवा गरिएको छ भने जिप्रका लमजुङका खड्का अध्यागमन विभागमा सरूवा भएका छन्।

गृहले मंगलबार सूचना जारी गर्दै छ जना सिडिओको सरूवा गरेको जानकारी दिएको हो।

प्रकाशित मिति: मङ्लबार, मंसिर १७, २०७६