खेल हेडलाईन न्युज

सागमा नेपालले जित्यो पाँच स्वर्ण

१६ मंसिर, काठमार्डौं ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्म पाँच स्वर्ण पदक हात पारिसकेको छ । नेपालले पाँचैवटा स्वर्ण पदक मार्शल आर्टमा जितेको हो ।
नेपालका मण्डेकाजी श्रेष्ठले पुरूष एकल कराँते कातामा पहिलो स्वर्ण जितेका हुन् । उनले पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गरेका हुन् । मण्डेकाजीले २५.७२ अंक पाउादा पाकिस्तानी खेलाडी २४.९२ अंक पाएका थिए ।

त्यसैगरी ट्रायथोलनमा नेपाललाई पनि नेपाललाई सवर्ण पदक मिलेको छ । स्वर्ण जिताउने सोनी गुरुङलाई ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले १ लाख रुपैयाँ व्यक्तिगत पुरस्कार दिने घोषणा गरेका छन् । सोमबार भएको खेलमा गुरुङले स्वर्ण जितेपछि श्रेष्ठले १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । त्यस्तै गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालाले पनि सोनीलाई २५ हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालले   तेस्रो स्वर्ण जितेको छ । तेक्वान्दोको पुम्सेमा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् ।

तेक्वान्दोको पुम्से इभेन्ट्समा कमलले ८ दशमलव २७० अंक प्राप्त गर्दै भारतका राहुल जैनलाई पराजित गरेका हुन् । दोस्रो स्थानमा रहेका राहुलले ८ दशमलव २०० अंक प्राप्त गरेका छन् । त्यसैगरी तेस्रो स्थानमा श्रीलंकाका खेलाडीले ८ दशलमव ५० अंक प्राप्त गरेका छन् ।

त्यस्तै, कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो । नेपालको स्कोर २४.८८ रह्यो ।

१८ देखि २३ वर्षमुनिको प्रतिस्पर्धामा नेपालकी सीना मादेनले स्वर्ण पदक जितेकी छन् । उनले ८.१५० अंकका साथ यो पदक जितेकी हुन् । यो सागमा नेपालको पाँचौं स्वर्ण हो ।

 

प्रकाशित मिति: सोमवार, मंसिर १६, २०७६