हेडलाईन न्युज

काठमाण्डौंको दक्षिणकाली र बागलुङको बडीगाडमा पनि नेकपा विजयी, समाजवादीले सर्लाहीमा खोल्यो खाता

काठमाण्डौं जिल्लाको दक्षिणकाली नगरपालिका वडा नं. ३ को अध्यक्षमा नेकपाका अम्मेदवार शिवभक्ति बलामी विजयी बजयी भएका छन् ।

उनले ६१८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकट प्रतिद्वोन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले २१८ प्राप्त गरे भने राप्रपा हलोले १०७ मत पाएको छ । गाईले ७ मत पाएको छ । जम्मा १०३६ मत खसेकोमा २९ मत बदर भएको निर्वाचन अधिकृतले जनाएका छन् ।

त्यसैगरी बागलुङ जिल्लाकोृ बडीगाड गाउँपालिकामा पनि नेकपा विजयी भएको खबर आएको छ ।

सर्लाहीको हरिपुर्वा नगरपालिका – १ को वडाध्यक्षमा समाजवादी पार्टी विजयी भएको छ । समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु रायले ३४७ मत ल्याएर बिजय हासिल गरेका हुन् ।

निकटतम प्रतिद्वन्दी राजपाका उम्मेदवार रामबिश्वासले ३२८ मत प्राप्त गरे । यता सत्तारुढ नेकपाले ३ सय २८ प्राप्त गरेको भ भने जनमत पाटीलेले ५२ल्याएको छ । नेपाली काङ्ग्रेस २३ मत पाएको सर्लाहीका निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकार दिए ।

प्रकाशित मिति: शनिबार, मंसिर १४, २०७६