हेडलाईन न्युज

उपचुनाव मतपरिणामः रोल्पाको थवाङ, सल्यानको कुमाख, कञ्चनपुरको पुनर्वास र लमजुङको सुन्दरबजारमा सत्तारुढ नेकपा विजयी

१४ मंसिर, काठमाडौं । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विजयी भएको छ । यसअघि यो वडामा नेत्रविक्रम चन्द समर्थित स्वतन्त्र उम्मेद्वारले जितेका थिए । थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भएपछि यहाँ उपचुनाव भएको हो ।

शनिबार सम्पन्न उपचुनावमा नेकपाका जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी भएका छन् । उनले १७४ मत पाए । यो वडामा कुल मतदाता १२८४ थिए । तर,२०९ मत अर्थात १६।४ प्रतिशत मात्रै खसेको थियो । बूढामगरका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले मात्र २६ मत पाएका छन् । नेत्रविक्रम चन्द समूहका पूर्व वडाध्यक्ष फर्कबहादुरको निधनपछि वडा सदस्य भद्र झाँक्रीले कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए । मनोनयनका बेला उनले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । तर, पछि उनले उम्मेद्वारी फिर्ता लिए । यसपटकको चुनाव विप्लव समूहले बहिस्कार गर्दा १२ सय मतदाता भएका ठाउँमा १७४ मत ल्याउने नेकपाका जनकबहादुर विजयी बनेका हुन् ।

त्यसैगरी आजै भएको चुनावमा सल्यानको कुमाख गाउँपालिका–५ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार धर्मे बुढाथोकी ‘‘ज्वाला’ विजयी भएका छन् । ज्वालाले ७ सय ९२ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन । उनका निकटतम प्रतिस्पर्धी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उम्मेदवार खड्क बहादुर बोहरा २ सय ५१ ल्याएका छन् । यस्तै, राप्रपा गोपाल शाहले २१ पाएका छन् । जम्मा ११ सय २४ मत खसेकोमा ६० मत बद्दर भएको थियो ।

त्यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ । नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ ५ सय २८ मत ल्याएर विजयी भएका हुन । तामाङका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार दिलबहादुर लामाले ३ सय १० मत प्राप्त गरे ।

यस्तै समाजवादी पार्टीका उम्मेदवार भीम तामाङले ७४ पाए भने राप्रपाका पदम शाहीले ७ मत प्राप्त गरेका हुन् । शनिवार भएको उपनिर्वाचनको मतदानमा ९ सय २४ मत खसेको थियो ।
त्यसैगरी, लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. २ मानेकपाका उम्मेदवार नविन श्रेष्ठ विजयी भएका छन् । उनले ९९३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सेढांइले ४८२ मत ल्याए ।

प्रकाशित मिति: शनिबार, मंसिर १४, २०७६