हेडलाईन न्युज

सेनाको कार्गो जहाज काठमाडौं आइपुग्यो

१६ कार्तिक २०७६
नेपाली सेनाले खरिद गरेको कार्गो जहाज शनिबार काठमाडौं आइपुगेको छ।
नेपाली सेनाले २०१७ मा खरिद सम्झौता गरेर इन्डोनेसियामा निर्माण गरिएको सैन्य ट्रान्सपोर्ट एयरक्राफ्ट सीएन २३५–२२० विमान नेपाली सेनालाई बुधबार हस्तान्तरण गरिएको थियो । बुधबार नै उक्त जहाज नेपालका लागि उडेको र शनिबार बिहान काठमाडौंमा अवतरण भएको नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डे जानकारी दिए।सैनिक प्रवक्ता पाण्डेका अनुसार उक्त विमान इन्डोनेसियाको  सरकारी कम्पनी पीटी डिरागान्ताराले बनाएको हो।
उक्त जहाजको मूल्य करिब साढे तीन अर्बको हाराहारीमा रहेको छ। विमान निर्माणका लागि सन् २०१७ जुनमा नेपाली सेनाले ३० मिलियन अमेरिकी डलरको सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो।सैनिक प्रवक्ता सहायक रथी पाण्डेले यो जहाज सबै प्रयोजनका लागि उपयोगी हुने बताए। खासगरी विपद्‍का बेलका आपतकालीन उद्धार र राहतका क्रममा यो जहाज प्रयोग हुनेछ।
यसले आपतकालीन उद्धार र राहतको कामलाई सहज र प्रभावकारी बनाउने प्रवक्ता पाण्डे बताए।
प्रकाशित मिति: शनिबार, कार्तिक १६, २०७६