हेडलाईन न्युज

कास्की–२ मा रवीन्द्रपत्नी विद्यालाई नै टिकट दिने निर्णय

कात्तिक १६, २०७६
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले कास्की–२ मा स्वर्गीय नेता रवीन्द्र अधिकारीपत्नी विद्या भट्टराईलाई टिकट दिने निर्णय गरेको छ ।

शनिबार बसेको नेकपा सचिवालय बैठकले विद्यालाई टिकट दिने निर्णय गरेको हो ।

यसअघि नेकपा गण्डकी प्रदेश कमिटीले विद्यासहित पुराना नेताहरु सोमनाथ प्यासी र राजकाजी गुरुङको नाम पनि सिफारिस गरेको थियो । जिल्ला कमिटीले विद्या एक्लैको नाम सिफारिस गरेकोमा प्रदेशले २ जनाको नाम थपेर केन्द्रमा पठाएको थियो ।

तर केन्द्रले विद्याको पक्षमा माहोल रहेको भन्दै उनैलाई टिकट दिने निर्णय गरेको बताइएको छ । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले शनिबार बसेको सचिवालय बैठक विद्याको नाम टुंगो लगाएको जानकारी आएको बताए । आफूहरुले विद्याकै नाम सिफारिस गरेर पठाएको र केन्द्रले पनि निर्णय गरेपछि अब चुनावी अभियानमा होमिने बताए ।

आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । कास्की २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुन लागेको एक्लो निर्वाचन क्षेत्र हो ।

प्रकाशित मिति: शनिबार, कार्तिक १६, २०७६