हेडलाईन न्युज

नेकपाकाे सचिवालय बैठक सुरू : स्थायी समिति बैठककाे मिति र मंसिरकाे उप-चुजावबारे निर्णय हुने

सुनकाेशी न्युज, २०७६/०६/ २९:५९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। हिजो बसेकाे बैठक बिना निश्कर्ष टुंगिएको थियोे ।

सचिवालय बैठकले अागामि मंसिरमा हुने उपचुनावकाे तयारी  र स्थायी समितिको बैठककाे मिति र विषय तय गर्ने अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिनुभयो ।

सभामुख कृष्णबहादुर महराको राजिनामा पश्चात् रिक्त रहेको सभामुख पदमा कसरी कसलाई नियुक्ति हाेला भन्ने सबैको चासो रहेकोले यसबारे पनि सचिवालयले निर्णय लिने अनुमान गरिएको छ। यसका साथै बेलाबेलामा चर्चा हुने गरेझैं मन्त्रीहरू हेरफेर गर्ने कुरा पनि चर्चामा छ। तर यी कुनै विषयमा अहिले सचिवालय बैठकले निर्णय नलिने पनि सापकोटाले बताउनुभयो ।

सभामुख वा उपसभामुख मध्ये ऐकपद फरक दललाई दिनुपर्ने संवैधानिक प्रावधान रहेकोले उपसभामुखलाई राजिनामा गरायर नेकपाले सभामुख लिने र अर्को दललाई उपसभामुख दिने चर्चा छ। यसाे त पूर्व माअाेवादी केन्द्रकाे भागमा परेको सभामुख पदमा जाने नेताहरूको नामबारे चर्चा पनि भएको छ।

यसरी नाम अाउनेमा सिन्धुली प्रतिनिधि सभा-२ बाट निर्वाचित सांसद तथा स्थायी समिति सदस्य हरिवाेल गजुरेलकाे नाम अग्रस्थानमा छ। उहाँ माअाेवादीकाे पूर्व पदाधिकारी तथा अहिले कुनै कार्यकारी पदमा नरहेका ईमानदार तथा सालिन नेताको रुपमा चिनिनुहुन्छ। उहाँ पूर्व कृषिमन्त्री हुनुहुन्छ ।

त्यसैथरी जयपुरी घर्ती, अाेनसरी घर्ती, जनार्दन शर्मा, अग्नी सापकोटा, देवेन्द्र पाैडेल, देव गुरुङ लगायतको नाम पनि चर्चामा छ।

प्रकाशित मिति: बुधबार, अशोज २९, २०७६