हेडलाईन न्युज

चिनियाँ राष्ट्रपतिको भ्रमणमा नेपाल टेलिभिजन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ समकक्षी सी चीनफिङ नेपालको दुई दिने भ्रमण पुरा गरी स्वदेश फर्किनु भएको छ । नेपालीहरुमा आशा र उत्साहको सञ्चार गराउने गरी तेइस बर्षपछि भएको चिनियाँ राष्ट्रपतिको यो भ्रमणबाट नेपाल–चीन सम्बन्ध नयाँ उचाईमा पुगेको जानकारहरुको बुझाई छ । यो ऐतिहासिक भ्रमणलाई नेपाली मिडियाहरुले उच्च महत्वकासाथ कभर गरेका छन् ।
यो राजकीय भ्रमणको श्रव्यदृश्यको कभरेजमा नेपाल टेलिभिजनको एकाधिकार नै देखियो । वि.सं. २०७५ साल माघ १७ गते एच.डी. प्रविधिमा रुपान्तरित नेपाल टेलिभिजनको यो भ्रमणको कभरेज पनि ‘एच.डी’ स्तर कै रह्योे ।

नेपाल टेलिभिजनले राष्ट्रपति सी नेपाल आउँदा विमान अववतरण र विमानबाट ओर्लिदैँ गरेको विमानस्थलको सबै दृश्यहरु सिलसिलेवार रुपमा प्रत्यक्ष प्रसारण गरेको थियो । यस्तै राष्ट्रपति भवन शितल निवास पुग्दाको दृश्यकासाथै होटल सोल्टीमा भएको रात्रीभोजमा दुवै राष्ट्रपतिले गर्नुभएको सम्बोधनको पनि प्रत्यक्ष प्रसारण गरेको थियो । भ्रमणको दोश्रो दिन प्रधानमन्त्री के. पी. शर्मा ओलीसँग भएको दुई पक्षीय वार्ता र संझौता आदानप्रदान दृश्य पनि प्रत्यक्ष प्रसारण गरिएका थिए भने प्रस्थान हुँदा विमानस्थलसम्मकै दृश्य प्रत्यक्ष प्रसारण गरिएका थिए ।तर कतिपय नीजि टेलिभिजनहरुले एक प्रसारण संस्थालाईमात्र यस प्रकारको पहुँच दिएकोमा समाचार संकलनमा विभेद भएको भन्ने समाचार प्रसारण गरेका छन् ।
हुन पनि नेपाल टेलिभिजनले भ्रमणको पुर्वसन्ध्यादेखि नै चीन–नेपाल सम्बन्धका बारेमा वृत्तचित्र, समाचार, विश्लेषात्मक अन्र्तवार्ता, म्यागेजिन कार्यक्रम र समसामयिक कार्यक्रमहरु भ्रमणभरि नै प्रसारण ग¥यो । प्रत्यक्ष प्रसारणका क्लिन र लोगोसहितका सिग्नल अन्य नेपाली र विदेशी टेलिभिजन च्यानलहरुले पनि प्रयोग गरे । ती मध्ये अधिकांशले नेपाल टेलिभिजनको सौजन्य भनी प्रसारण गरेका थिए केहीले बिना सौजन्य प्रसारण गरेका थिए ।

प्रकाशित मिति: सोमवार, अशोज २७, २०७६