हेडलाईन न्युज

नेकपाकाे चियापान कार्यक्रम भृकुटीमण्डपमा जारी

नेकपाले दशैं, तिहार, छठ, नेपाल सम्वत, ईद लगायत चाडहरुकाे अवसरमा शुभकामना अादान-प्रदान गर्न भृकुटीमण्डपमा चियापान कार्यक्रम अायाेजना गरेको छ। कार्यक्रम अहिले काठमाडौंको भृकुटीमण्डपमा जारी छ।

कार्यक्रममा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा अाेली, अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतले शुभकामना दिनुहुनेछ ।

२०६४ सालयता हरेक वर्ष माअाेवादीले भृकुटीमण्डपमा चियापान गरेर दशैतिहारकाे शुभकामना अायाेजना गर्ने गरेको थियोे । ऐमाले र माअाेवादी पार्टी ऐकतापछि भृकुटीमण्डपमा पहिलोपटक सार्वजनिक चियापान कार्यक्रम अायाेजना गरिएको हाे।

बालुवाटारमा जारी नेकपा सचिवालय बैठक स्थगित गरेर नेताहरू चियापानमा सरिक भएका हुन्।

प्रकाशित मिति: बुधबार, अशोज २९, २०७६

 

 

ताजा अपडेट