कर्णाली शिक्षा/स्वास्थ्य

राहतसहित स्वास्थ्यकर्मी लिएर पूर्वमन्त्री डोल्पामा

जाजरकोट, ३१ असार । सांसद सत्य पहाडी औषधिसहित राहत सामग्री र स्वास्थ्यकर्मीको टोली लिएर डोल्पा पुग्नुभएको छ । डोल्पामा दुई हप्तादेखि टाइफाइड फैलिएर समस्या भएका बेला स्वास्थ्यकर्मी र औषधि लिएर उहाँ डोल्पा पुग्नुभएको हो । कर्णाली प्रदेश सरकारबाट पठाइएको औषधिसमेत नेपालगञ्ज विमानस्थलमा थन्किएको थियो । सो थन्किएको औषधिसमेत सांसद पहाडीले डोल्पा पु¥याउनुभएको छ । त्यस्तै मुड्केचुला गाउँपालिका–१ मा पहिरोले क्षति बनाएको ठाउँमा आवश्यक राहत सामग्री लिएर आजै त्यहाँ जाने पूर्वमन्त्रीसमेत रहनुभएका पहाडीले बताउनुभयो । उहाँसँगै प्रदेशसभा सदस्य वीरबहादुर शाही, पदमी बोहोरालगायत हुनुहुन्छ ।

प्रदेश सरकारका तर्फबाट १५ वटा पाल, ३० बोरा चामल, ३० वटा पानी खाने भाँडा, ३० बाल्टी, ६० पोका तेल, ३० किलो चिनी, तीन क्विण्टल दाल, डेढ क्विण्टल चिउरा, २६ वटा कम्मल, ५०० मिटर पाइपसमेत आजै मुड्केचुला–१ मा वितरण गरिने उहाँले बताउनुभयो । अस्पतालको क्षमताभन्दा बिरामीको सङ्ख्या बढी भएपछि जिल्ला अस्पतालको अनुगमण गरी आवश्यक प्रक्रिया अगाडि बढाइने उहाँले जानकारी दिनुभयो । १५ श्ययाको डोल्पा अस्पतालमा अहिले समस्या हुँदै आएको छ । साउन ३ गतेदेखि अस्पतालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजना र सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा बृहत् शिविर सञ्चालन गरिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, साउन १, २०७६