मुख्य समाचार

सुनको भाउ ओरालोतिर : तोलाको कति पुग्यो ?

काठमाडौं : नेपाली बजारमा सुनको मुल्य ४ सयले घटेको छ। शुक्रबार ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुन तोलामा २ सयले घटेर ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको भाउमा पनि गिरावट आएको छ।आज चाँदी तोलाको ८४० रुपैयाँमा किचबेच भइरहेको छ। केही दिनयता सुनको भाउ घट्दै आएको छ।

प्रकाशित मिति: आइतवार, भदौ २९, २०७६