मुख्य समाचार

विप्लवका छोरा प्रकाश चन्द चितवनबाट पक्राउ

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

उनी चितवन मेडिकल कलेजबाट पक्राउ परेका हुन् ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन् । सो आन्दोलनको अगुवाइ गर्दै आएका चन्दलाई पक्राउ गरिएको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ले जानकारी दिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको छ । उनीसहित आन्दोलनमा उत्रिएका अन्य केही विद्यार्थीहरुलाई पनि पक्राउ गरिएको मल्लले बताएका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६