मुख्य समाचार

अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान अयोगले विद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौंका अधिकृतसहति दुई कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ।

शाखा अधिकृत अर्जुनप्रसाद पराजुली र नायव सुब्बा राजेन्द्रकुमार केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो।

अस्थायी शिक्षकबाट राजीनामा दिए पश्चात गोल्डेन हेण्डसेक बापतको रकम कलमको रेकर्ड मिलान गरी दिनका लागि सेवाग्राहीसँग उनीहरुले घुस लिएका थिए।

१५ हजार घुस लिदालिदै उनीहरुलाई अख्तियारले पक्राउ गरेको थियो।  अवकाशपश्चात पाउने सेवासुविधा रकम कलम भुक्तानी सिफारिसपत्र तयार गरिदिएबापत सेवाग्राहीसँग घुस लिदाँलिदै पक्राउ भएका उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम मागदावी  विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रकाशित मिति: मङ्लबार, भदौ ३१, २०७६