सुनकोसी न्यूज
जेष्ठ ६ गते बुधबार
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा बर्ड फ्लुको संक्रमण पुष्टि भएको छ। नगरपालिकाको वडा नं. २ स्थित २६ बाहिनी सैनिक ब्यारेक आसपास क्षेत्रमा कागहरू लगातार मर्न थालेपछि गरिएको प्रयोगशाला परीक्षणमा बर्ड फ्लु देखिएको हो।
नगरपालिकाका अनुसार मरेका कागहरूमा बर्ड फ्लुसँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर पठाइएको थियो।प्रयोगशालाले जेठ ४ गते सार्वजनिक गरेको परीक्षण प्रतिवेदनअनुसार मोलिकुलर विधिबाट परीक्षण गर्दा ‘लो प्याथोजेनिक–एच ९’ संक्रमण पुष्टि भएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ।
बर्ड फ्लु पुष्टि भएपछि नगरपालिकाले संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन नगरवासी तथा सरोकारवालालाई आग्रह गरेको छ। साथै सम्भावित क्षति र जनस्वास्थ्यमा पर्न सक्ने असर न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।

















Add Comment