खेल मुख्य समाचार समाचार हेडलाईन न्युज

एन्फामाथिको निलम्बन फुकुवा, साफ महिला च्याम्पियनसिप खेल्ने बाटो खुल्यो

सुनकोसी न्यूज

जेष्‍ठ १ गते, शुक्रबार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ।

एन्फा महासचिवसहित पदाधिकारीले शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग भेटवार्ता गरेपछि निलम्बन हटाउने सहमति भएको हो।

एन्फाका प्रवक्ता सुरेश शाहले बिना शर्त निलम्बन फुकुवा भएको पुष्टि गरेका छन्। उनले फिफालाई यसबारे जानकारी गराएपछि थप विवरण सार्वजनिक गरिने बताए।

निलम्बन फुकुवासँगै नेपाली महिला फुटबल टोलीको साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने सम्भावना समेत बलियो भएको एन्फाले जनाएको छ।

यसअघि राखेपले पटक–पटक दिएको निर्देशन पालना नगरेको भन्दै गत ११ चैतमा खेलकुद विकास ऐन २०७७ को दफा २९ को (२) अनुसार एन्फा नेतृत्वलाई निलम्बन गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ १, २०८३

 

 

ताजा अपडेट