मुख्य समाचार समाचार हेडलाईन न्युज

सेयर बजार ४ अंकले घट्यो, अधिकांश सेक्टर राताम्मे

सुनकोसी न्यूज

वैशाख ३० गते बिहीबार 


काठमाडौं, ३० वैशाख । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.१५ अंकले घटेर २७४० अंकमा कायम भएको छ। बजारसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएकोमा आज २ अर्ब ८० करोड रुपैयाँमा सीमित भएको छ।

आज ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७६ कम्पनीको मूल्य घटेको छ भने १२ कम्पनी स्थिर रहेका छन्।

सेक्टरवाइज प्रदर्शन :

  • व्यापार समूह : १.५०% वृद्धि
  • उत्पादन तथा प्रशोधन : ०.४७% वृद्धि

घट्ने समूहहरू :

  • बैंकिङ : ०.२४% घट्यो
  • विकास बैंक : ०.१९% घट्यो
  • फाइनान्स : ०.३६% घट्यो
  • होटल तथा पर्यटन : ०.४२% घट्यो
  • हाइड्रोपावर : ०.१२% घट्यो
  • लगानी : ०.२२% घट्यो
  • जीवन बीमा : ०.५०% घट्यो
  • माइक्रोफाइनान्स : ०.५२% घट्यो
  • निर्जीवन बीमा : ०.६१% घट्यो
  • अन्य समूह : ०.३०% घट्यो

आज एसियन हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ११.४२ प्रतिशतले बढेको छ भने एसवाई प्यानल ४.६२ प्रतिशतले उकालो लागेको छ। यता धौलागिरि लघुवित्त ११.१७ प्रतिशतले घट्दा झापा इनर्जी ९.४३ प्रतिशतले ओरालो लागेको छ।कारोबार रकमका आधारमा एसवाई प्यानल, रिडी पावर, साहस ऊर्जा, सोलु हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहेका छन्।

प्रकाशित मिति: बुधबार, बैशाख ३०, २०८३

 

 

ताजा अपडेट