सुनकोसी न्यूज
बैशाख २८ गते सोमबार
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उत्साहजनक सुधार देखिएको छ। नेप्से ३८.१९ अंक अर्थात् १.३९ प्रतिशतले बढेर २७८३.८५ विन्दुमा पुगेर बन्द भएको हो। बजार खुलेदेखि नै हरियाली देखिएको नेप्से अन्तिम समयसम्म सकारात्मक लयमै कायम रह्यो।
आज कुल ३३२ कम्पनीका १ करोड ४ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकममा उल्लेख्य वृद्धि भएको हो।बजारमा आज व्यापक उत्साह देखिएको छ। कुल २४७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको मात्रै घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।
सबै सेक्टरमा हरियाली
सोमबार कारोबार भएका सबै उपसूचक सकारात्मक देखिएका छन्। ‘अन्य’ समूह सबैभन्दा धेरै २.११ प्रतिशतले बढेको छ।
- बैंकिङ : १.०२ प्रतिशत
- विकास बैंक : १.३६ प्रतिशत
- फाइनान्स : १.८१ प्रतिशत
- होटल तथा पर्यटन : ०.६९ प्रतिशत
- हाइड्रोपावर : १.७९ प्रतिशत
- लगानी : १.२५ प्रतिशत
- जीवन बीमा : ०.९९ प्रतिशत
- उत्पादन तथा प्रशोधन : १.३० प्रतिशत
- माइक्रोफाइनान्स : १.७० प्रतिशत
- निर्जीवन बीमा : १.६० प्रतिशत
- व्यापार : १.१५ प्रतिशतले बढेका छन्।
यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
आज फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै १४.१८ प्रतिशत नाफा कमाएका छन्। त्यस्तै दोल्ती पावर ८.४३ प्रतिशत, आत्मनिर्भर लघुवित्त ६.७८ प्रतिशत र मेन्छियाम हाइड्रोपावर ६.६४ प्रतिशतले बढेका छन्।
यता त्रिशूली जलविद्युत्को सेयर मूल्य सबैभन्दा धेरै २.८७ प्रतिशतले घटेको छ। झापा इनर्जी २.२३ प्रतिशत र एसियन हाइड्रोपावर २.१० प्रतिशतले घटेका छन्।
कारोबारमा रिलायन्स स्पिनिङ अग्रस्थानमा
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको २१ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यसैगरी नेसनल हाइड्रोपावर १७ करोड ६० लाख रुपैयाँ र एसवाई प्यानल १६ करोड १० लाख रुपैयाँ कारोबारसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। रिडी पावर र साहस ऊर्जा पनि उच्च कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।












Add Comment