सुनकोसी न्यूज
चैत ११ गते बुधबार
काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद् सचिवालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
आज शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। शपथ ग्रहण लगत्तै केसी सिंहदरबारस्थित संसद् सचिवालय पुगेर जिम्मेवारी सम्हालेका हुन्।
नेपाली कांग्रेसका नेता केसी गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका थिए। ७८ वर्षीय केसीले चैत १२ गते प्रतिनिधिसभाका २७४ सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।
सभामुख निर्वाचित नभएसम्म प्रतिनिधिसभा बैठकको अध्यक्षता समेत केसीले नै गर्नेछन्। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सदस्य निर्वाचित भएका छन्।

















Add Comment