सुनकोसी न्यूज
चैत्र ११ गते बुधबार
काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा २० जना विदेशी महिला पक्राउ परेका छन्। पक्राउ परेकामध्ये सबै युगान्डाका नागरिक रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, उनीहरूलाई काठमाडौं महानगरपालिका–२६ अन्तर्गत फायरचोक क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार ती महिलाहरूले सडकमा हिँड्ने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी बाटो छेकेर अश्लील व्यवहार गर्ने, मोलमोलाइ गर्ने तथा हैरानी दिने गतिविधिमा संलग्न रहेको पाइएपछि कारबाही गरिएको हो।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएपछि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट १२ दिनको म्याद थप अनुमति लिइएको जनाएको छ। हाल उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
ठमेल क्षेत्रमा पछिल्लो समय यस्ता गतिविधि बढ्दै गएको गुनासो आएपछि प्रहरी सक्रिय रूपमा निगरानी तथा नियन्त्रणमा जुटेको जनाएको छ।

















Add Comment