समाचार हेडलाईन न्युज

सुनकोसीमा गाडी खस्दा ctevt का तीन कर्मचारी बेपत्ता

बिदुर खड्का, सुनकोसी न्युज
जेठ १९ शुक्रबार २०८०
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा गाडी दुर्घटना भइ सुनकोसी नदीमा खस्दा तीनजना बेपत्ता भएका छन् ।

शुक्रबार भक्तपुरबाट ctevt का तीनजना कर्मचारी लिएर खाेटाङतर्फ जादै गरेको बा १ झ ७४६७ नम्बरको कार गाेलाञ्जाे -७  लौकुनबाट डेढ सय मिटर तल सुनकोशीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

गाडीका चालक भने सकुशल रहेका छन् । चालक पौडीएर बाँच्न सफल भएकाे उनलेे बताएका छन् । गाडीमा सवार तीनजना कर्मचारी बेपत्ता रहेको ती चालकले बताए ।

गाडी र बेपत्ताको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनाग्रस्त गाडीमा सिटिइभिटि प्रशासन निर्देशक कृष्ण राज केसी, अर्का निर्देशक यम भुर्तेल र अधिकृत  भानु पौडेल  सवार रहेका थिए । उनीहरु भक्तपुर कार्यालयबाट खोटाङका लागि हिडेकाे ctevt भक्तपुरका प्रशासन प्रमुख राेहित दाहालले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ १९, २०८०